१. ऐतिहासिक पृष्ठभूमि
सहकारीताकोर् इतिहास नेपाली समाजमा धेरै पहिले देखि कायम भएको देखिन्छ । ढिकुटी,
पर्म तथा गुठीको रुपमा संचालित पर्ूव सहकारीका स्वरुपहरु तत्कालिन अवस्थामा नेपाली
समाजमा प्रचलित थिए । यिनै पर्ूव सहकारीहरुलाई संस्थागत स्वरुप दिदै सहकारी
प्रणालीलाई आर्थिक तथा सामाजिक विकासको आधारको रुपमा विकास गर्ने र ग्रामिण विकासको
उपयुक्त र प्रभावकारी माध्यमको रुपमा सहकारी प्रणालीलाई उपयोग गर्ने
अन्तर्रर्ााट्रय प्रयासलाई नेपालमा समेत आत्मसात गर्ने क्रममा वि.सं. २०१० सालमा
तत्कालिन योजना, विकास तथा कृषि मन्त्रालय अर्न्तगत सहकारी विभागको स्थापना भयो ।
सहकारी विभागको स्थापना पछि तत्कालिन श्री ५ को सरकारले सहकारी संघ/संस्थाहरुको
स्थापना र संचालन सम्वन्धी कार्य गर्न वि.सं. २०१३ मा कार्यकारी आदेश जारी गर्यो ।
उक्त आदेशले दिएको अधिकार अर्न्तगत रहि चितवनको वखानपुरमा वि.सं. २०१३ चैत्र २० गते
नेपालमा पहिलो पटक पाँचवटा सहकारी संस्थाको स्थापना भयो । उक्त निर्देशिका पछि जारी
भएका सहकारी संघ/संस्था ऐन- २०१६ तथा नियमावली( २०१८ तथा साझा संस्था ऐन २०४१
बमोजिम सहकारी विभागले सहकारी संघ/संस्थाहरुको दर्ता, नियमन तथा पर््रवर्द्धन
लगायतका कार्यहरु गर्दै आएको थियो ।
२. परिचय
नेपाल सरकारले देश विकासको प्रयासलाई अगाडी वढाउन स्थानीय स्तरमा नै स्वावलम्वनको
भावना जागृत गराँउदै आर्थिक विकासको लागि जनसहभागिता परिचालन गर्ने आधारको रुपमा
सहकारी संस्थाहरुको स्थापना, संचालन र नियमन लगायतका कार्यमा प्रत्यक्ष रुपमा नेपाल
सरकारको आधिकारिक निकायको रुपमा यो विभाग संलग्न रहेको थियो । वि.सं. २०४६ सालमा
प्रजातन्त्रको पुनःस्थापना पश्चात सहकारी संघ/संस्थाहरुलाई पनि जनता कै क्रियाशील
सक्रियतामा नयाँ सोच र मान्यता अनुसार अगाडी वढाउनु पर्ने आवश्यकता महसूस भई सहकारी
ऐन २०४८ तर्जुमा भई लागु गरियो ।
सहकारी ऐन २०४८ जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता, भावना तथा सिद्धान्त
अनुसार सहकारी संस्थाहरुको स्थापना र संचालन हुने कानूनी आधार निर्माण भयो । खुल्ला
र प्रजातान्त्रिक वातावरणमा स्थानीय स्तरमा उत्पादन, उद्यमशिलता र नेतृत्व विकास गरी
सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासका लागि सहकारी संघ/संस्थाहरुको
पर््रवर्द्धन, नियमन र विकास गर्ने कार्यमा नेपाल सरकारको आधिकारिक निकायको रुपमा
कृषि तथा सहकारी मन्त्रालय अर्न्तगत यो विभाग क्रियाशील रहेको छ ।
३. उद्देश्यहरु
- देशमा छरिएर रहेका स-साना पूँजी तथा सीपलाई एकत्रित गरी सहकारीताको माध्यमवाट आप\mनो
आवश्यकता आपै+mे पुरा गर्ने प्रकारका स्थानीय आर्थिक क्रियाकलाप वृद्धि गर्न सहकारी
मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी संघ/संस्थाहरुको स्थापना हुने वातावरण
तयार गर्ने,
- सीमान्त वर्गको वाहुल्यता रहेको दर्ुगम क्षेत्रसम्म आर्थिक, सामाजिक तथा साँस्कृतिक
विकासको आधारको रुपमा सहकारी प्रणालीलाई पर््रवर्द्धन गर्ने,
- सहकारी प्रणालीलाई स्थानीय स्तरमा कृषि तथा गैह्र कृषिजन्य वस्तु तथा सेवाहरुको
व्यावसायिकरण गर्ने माध्यमको रुपमा विकास गर्ने,
- सहकारी अभियानलाई विधिसम्मत र सिद्धान्तनिष्ठ ढंगवाट संचालन गर्न सम्वन्धित पक्षलाई
अभ्रि्रेरित गर्ने,
- गरीवी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रभावकारी संस्थागत संयन्त्रको
रुपमा सहकारी संघ/संस्थाहरुलाई परिचालन गर्ने ।