नवलपरासी डिभिजनल सहकारी कार्यलय
र्सव प्रथम सहकारीको विकास १५ अगस्त १८४४ मा बेलायतबाट शुरु भएको र तत्पश्चात यसले अन्य देशहरुमा पनि व्यापकता पाएको हो नेपालमा वि.सं.२०१० सालमा सहकारी विभागको स्थापना, २०१३ सालमा चितवनमा १३ वटा सहकारी संस्थाको गठनपछि यसको विकाक्रम शुरु भएको हो । सहकारीलाई व्यापकता दिन यसको संरचना -संगठन) लाई अधिराज्यभर लागू गर्ने उद्देश्यले तत्कालिन जिल्ला पंचायत सचिवालय अन्तरगत २०२० सालमा साझा विकास शाखाको स्थापना भई सहकारीलाई नेपाल अधिराज्यभर लागू गरियो । २०२० सालमा भूमी सुधार कार्यालयको एक शाखाको रुपमा राखी त्यसमा एक इन्स्पेक्टरको नियुक्ति गरी काम गर्ने प्रणालीको सुरुवात गरियो । त्यसैक्रममा आ.ब. २०२३/०२४ सालमा छुट्टै कार्यालयको रुपमा स्थापना भई संचालन गर्ने परिपाटीको विकास गरियो । यस समयमा दर्ता भएको सहकारी संस्थाहरुले राम्ररी काम गर्न नसकेको हुँदा पुनः निर्देशित सहकारीको रुपमा रहने व्यवस्था गरियो । त्यस समयमा चितवनबाट नवलपरासीका डण्डा र रजहर र परासीबाट पाल्ही -दयालु बहुमुखी सहकारी संस्था र नौलो विहानी सहकारी संस्था) व्यवस्था गरिएको थियो । यसैक्रममा परोपकार र तिलकपुरमा स.स.नि.लाई मुख्य व्यवस्थापकको जिम्मा दिइएको थियो । यसैक्रममा २०२८ सालमा कृषि विकास बैंकले सहकारी कार्यालयमा मुख्य व्यवस्थापक भनी केही व्यक्तिलाई नियुक्ति गरी पठाउने काम गरियो ।

संस्थाहरु सहकारी ऐन, नियम, सहकारी सिद्धान्त, मूल्य मान्यतानुसार संचालन गर्ने रेखदेख, अनुगमन, नियन्त्रण र निरिक्षण गरी सहकारीको मर्म अनुसार संस्था संचालन गर्न पे्ररित गर्ने उद्देश्यले नै विभिन्न काल, परिवेश अनुसार विभिन्न नामबाट सहकारी कार्यालयको स्थापना -साझा विकास शाखा, जिल्ला सहकारी कार्यालय हुदै १ वैशाख २०६१ बाट नेपाल अधिराज्यका ३३ वटा जिल्लामा डिभिजन सहकारी कार्यालयमा परिणत भएको) भएको हो । यसैक्रममा सरकारी निकायको रुपमा रहेको सहकारी कार्यालय डिभिजन सहकारी कार्यालयको रुपमा परिणत भएको हो ।

Home   |   Contact Us


 
सहकारी विभागको सामान्य परिचय
कार्यहरु
प्रकाशित सामाग्रीहरु
सांगठनिक विवरण
कर्मचारीहरु विवरण
नेपालको परिचय
अन्य लिंकहरु
सर्म्पक गर्नुहोस्
सल्लाह सुझाव दिनुहोस्
नेपाली फन्ट डाउनलोड गर्नुहोस्
 
 

Divisional Co operative Office - Nawal Parasi
सहकारी विभागवाट संचालनमा
रहेका क्रियाकलापहरु

विस्तृत

 
 
 
  About Us . Contact Us . Give Feedback . Nepali Fonts . Home .

powered by Dot Com House, Parasi