नेपालको
सहकारी आन्दोलनले आधा शताव्दि पारगरिसकेको छ । खास गरी २०४६ सालमा
प्रजातान्त्रको पुनर्बहाली भए पश्चात सहकारी आन्दोलनलाई
स्वस्फूर्त ढंगबाट संचालन गर्ने विभिन्न प्रयासहरु भए । यस क्रममा
नीतिगत, कानूनी र प्रक्रियागत क्षेत्रमा सामयिक सुधार गरि सहकारी
प्रणालीमा जीवन्तता दिने कार्यहरु भएका छन् ।
मूलतः सहकारी संघ/संस्थाहरु सदस्यको आर्थिक तथा सामाजिक उन्नतीका
लागि गठन हुने व्यवसायिक संगठन भएकोले यस्ता संघ/संस्थाहरुको
कार्यप्रणाली स्वभाविक रुपमा सदस्यमुखी हुनु अनिवार्य छ । सदस्यमुखी
कार्यप्रणालीवाट सदस्यको व्यवसायिक क्षमताको सवलीकरण र उद्यमशीलताको
विकास हुने हुंदा सहकारी संस्था/संघ दर्ता गर्दा कै अवस्थामा यस
पक्षमा विशेष सजगता अपनाउनु पर्ने हुन्छ, तर्सथ सहकारी सिद्धान्त,
विद्यमान सहकारी ऐन, नियम अनुरुप सहकारीको संवेदनशीलतालाई विचार
गरिनु पर्ने हुन्छ । सहकारी संघ/संस्था संचालन प्रक्रिया, कारोवारको
विषय तथा अन्य पक्षमा आएको वढोत्तरीका र्सर्न्दभमा संघ/संस्था दर्ता
प्रक्रियालाई सरल एवं व्यवहारिक वनाउनुका साथै दर्ता प्रकृयामा
एकरुपता कायम गर्ने उद्देश्यले सहकारी संस्था/संघ दर्ता निर्देशिका
तयार गर्न जरुरी भएको छ ।
सहकारी सिद्धान्त अनुसार सदस्यहरूमा छरीएर रहेको श्रम,शिप र पूंजि
संकलन गरी आयमुलक क्षेत्रमा अधिकतम परिचालन गरी सदस्यहरुको आर्थिक
तथा सामाजिक अवस्थामा सेवा टेवा पुर्याउन कृषि उत्पादन, प्रशोधन,
वजार व्यवस्थापन तथा प्राकृतिक प्रकोपवाट हुने क्षतिलाई न्यून गर्न
राहत प्रदान गर्न कृषि बीमा संचालन गर्ने उद्देश्यले
...................................बहुउद्देशीय सहकारी संस्था
लिमिटेड गठन गरी संचालन गर्न बाञ्छनीय भएकोले,
|